लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । मर्जर प्रक्रियाका रहेको लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेप्से ले शुक्रबार एक सूचना जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकसाताअघि सेयर कारोबार फुकुवाको अनुरोध गर्दै नेप्सेमा आवेदन दिएका थिए । सोही आवेदनका आधारमा धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३९१० बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुवै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णयअनुसार फुकुवा भएको नेप्सेले जनाएको छ । अब आगामी सातादेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार खुल्नेछ ।












