किस्ता असुलीका लागि सदस्यको घरमा जादा कुटपिट परेको विषयमा नेपाल लघुवित्त बैंकर्स संघको ध्यानाकर्षण

२ मंसिर २०७९, शुक्रबार १४:५९

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले केही समयअघि एक लघुवित्तका कर्मचारी किस्ता असुलीका लागि सदस्यको घरमा जादा कुटपिटमा परेको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारी ८ महिनादेखि रोकिएको किस्ता असुलीका लागि सदस्यका घरमा जादा ग्राहक सदस्यले आफ्ना घर तथा समूह सदस्य बाहिरको व्यक्तिलाई बोलाई कर्मचारीमाथि सांघातिक आक्रमण गरी गम्भीर चोट पुर्याएकोमा संघले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

साथै लघुवित्त बैंकर्स संघले यस्ता अवाच्छित गतिविधिले ग्राहक तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेकोमा खेद प्रकट समेत गरेको छ । साथै यस्ता अनाधिकृत गतिविधिलाई तत्काल नियन्त्रण गरि अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा संचालनमा रहने वातावरणको लागि सहयोग गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत गरेको छ ।

गत कात्तिक २७ गते स्वाभिमान लघुवित्त संस्थाको मसुरीया शाखाका कर्मचारी गीता कुमाल र मनिता कुमारी चौधरी ८ महिनादेखि रोकिएको किस्ता असुलीका लागि दाङ जिल्ला गढवा गाउँपालिका वडा नं. ५ स्थित सदस्य कमला सुनारको घरमा जादा निज सुनारले सदस्य समूह बाहिरको व्यक्तिलाई बोलाई निर्घात रुपमा कुटपिट गरी गम्भीर चोट पुर्याएका थिए ।

 

No description available.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*