कुमारी बैंक र एनसीसी बैंकको मर्जरका लागि स्वाप रेसियो तय

६ मंसिर २०७९, मंगलवार १०:५८

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेड एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुबै बैंकले एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर समेत गरिसकेका छन् ।

सो पश्चात मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्तव तथा कारोबारको मूल्यांकन नियुक्त मूल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति दायित्व, कारोबारको मूल्यांकन गरि दिएको प्रतिवेदनको आधारमा मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको छ ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*