मेगा बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने

७ मंसिर २०७९, बुधबार १३:३६

काठमाडौं । मेगा बैंक नेपालले आज देखि संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि अब सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी पुनः बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बुधबारबाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालयको सेयर शाखा कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*