नेप्सेद्धारा थप दुई लघुवित्तको शेयर फुकुवा
७ मंसिर २०७९, बुधबार १५:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरिदिएको हो ।
आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त एकआपसमा मर्जरमा जानका लागि सम्झौता गरेसँगै नेप्सेले सो संस्थाहरुको शेयर कारोबार रोक्का गरिदिएको थियो ।
नेप्सेले उक्त संगठित संस्थाहरुको आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार आज (मंसिर ७) गतेदेखि लागू हुनेगरी फुकुवा गरिदिएको हो । यसर्थ सो दुई लघुवित्तको शेयर कारोबार भोलिदेखि नै दोस्रो बजारमा हुनेछ ।












