कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, मर्जरपछि २५ अर्ब ८५ करोडको चुक्ता पुँजि

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ। दुई बैंक अन्तिम सम्झौता पत्रमा कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा रहेको कार्यालयमा हस्ताक्षर गरेका छन् । दुबै संचालको सहमतीमा १ः१ को अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।
असोज १० गते संयुक्त मर्जर समितिले बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न गरेको थियो । उक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरेको आधारमा १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरी संचालक समितिको अनुमोदन हो । बैंकको संचालक समितिको मंसिर १ गते बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।
मर्जपछि बन्ने बैंकको चुक्ता पूँजी २५ अर्ब ८५ करोडरुपैयाँ र बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप पुग्ने छ । त्यस्तै कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसी बैंकका रमेशराज अर्याल र कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने सहमति यसअघि नै भइसकेको छ । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । यस्तै सञ्चालक समितिमा एसीसीबाट ४ जना र कुमारीबाट ३ जना हुनेछन् ।












