आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कत ?

११ मंसिर २०७९, आईतवार १०:१७

काठमाडौं। आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*