लाभांश घोषणा गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १८० रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.३८ प्रतिशतले बढ्न पुगेको छ ।
यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य एकैदिन १८० रुपैयाँ १० पैसाले बढेर शेयरमूल्य ३ हजार ५३० रुपैयाँ पुगेको छ । शेयरमूल्य बढेसँगै सो अवधिसम्म कम्पनीको ४ करोडमाथिको कारोबार भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्ममा २२ करोड १९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, संस्थाले चालु आवको तीन महिनासम्ममा ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाका प्रबन्धक संचालक विश्व प्रकाश प्रसाईले आइपीअो बाँडफाँड तथा संचारकर्मी अन्तक्र्रिया कार्यक्रममा कम्पनीले शतप्रतिशत लाभांश दिन सक्ने क्षमता राख्ने बताएका थिए । संस्थाले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ ।
सम्भवतः कम्पनीले केही दिनमै अब आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गर्नेछ ।













