नाडेप लघुवित्तको सिइओमा उपेन्द्र बहादुर कार्की पुनः नियुक्त
११ मंसिर २०७९, आईतवार १४:४७

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उपेन्द्र बहादुर कार्कीै पुनः नियुक्त भएका छन् ।
संस्थाको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले सिइओ कार्कीलाई मंसिर १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि पुनः नियुक्त गरेको हो ।












