सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै, यसरी दिनुस आवेदन (प्रक्रियासहित)

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन व्यवस्था ल्याएको हो ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाई लोन अप टु ५ लाख अगेन्स्ट एफडि’ मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५% वा अधिकतम ५ लाख रुपैयाँ मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ ५, मुद्दतीमा १२.१३३ ५, रेमिट्यान्स बचत खातामा १०.१३३ ५ र बचत खाताहरुमा ९.१३३ ५ सम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु छन् ।












