नेप्सेद्धारा एनसीसी बैंकको शेयर कारोबार फुकुवा

१२ मंसिर २०७९, सोमबार १५:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै सो कम्पनीको शेयर रोक्का गरिदिएको थियो ।

एनसीसी बैंकको मंसिर ८ गतेको पत्रानुसार नेप्सेले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो । सोपश्चात् भोलिदेखि नै बैंकको शेयर कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*