नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
१३ मंसिर २०७९, मंगलवार १०:१९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।












