प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

१३ मंसिर २०७९, मंगलवार १०:३५

काठमाडौं । प्रभु बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले उक्त लाभांश स्वीकृत गरेको हो ।

कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । अब बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*