एनआइबिएल एस क्यापिटल र एचएमडिएल प्रालि बिच लगानी सम्झौतामा हस्ताक्षर

१३ मंसिर २०७९, मंगलवार ११:३४

काठमाडौँ । नेपालको अग्रणी लगानी बैंक एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाईस चेयरम्यान श्री अभिषेक दुगडले हस्ताक्षर गर्नुभएको हो ।

भारतको सबैभन्दा ठुलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स् सँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेन्ट्सहरु, फार्मास्युटिकल ड्रग्स एवम औषधी लगायतका सामानहरु विकास गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ ।

कोभिड १९ महामारीको समयमै सन २०२१ मा स्थापना भएको एचएमडिएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पिसिआर किट्सहरु आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । त्यो समयमा एचएमडिएलले ल्याएका सम्पूर्ण पिसिआर किट्स र रिएजेन्ट्सहरु यति धेरै बिक्री भयो कि यसले नै पुरै बजार कब्जा गरेर आफ्नै एउटा ब्रान्ड बनाउन सफल भएको थियो । यसको साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान
पनि ल्याएको छ ।

कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरु स्थापना गरी विभिन्न उत्पादन र सुबिधाहरु प्रदान गर्ने योजना बनाएको छ । साथै सर्वसाधारणलाई सुलभ मुल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विशाल उद्धेश्यको साथ कम्पनीले नेपाल भरी सम्पूर्ण सुविधासम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरु स्थापना गरेर सन्चालन गर्ने जनाएको छ ।

एचएमडिएलले स्वास्थ्य सेवामा नवीनतम र फ्युचरिस्टिक प्रविधीहरु समायोजन गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसले सर्वसाधारणलाई एकिकृत र सुपथ मुल्यमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल र अन्य डायग्नोस्टिक ल्याबहरुसँग मिलेर पनि काम गरिरहेको छ

लगानी सम्झौतामा हस्ताक्षर गर्दै एनआइबिएलका प्रमुख कार्यकारी अधिकृत श्री शिवन्थ बहादुर पाण्डे, डिसीइओ श्री मेख थापा, डीजीएम सचिन्द्र ढुङ्गाना र एचएमडिएलको प्रमुख कार्यकारी अधिकृत तथा भाईस चेयर म्यान श्री अभिषेक दुगड र सीओओ मदन अर्याल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*