कालिञ्चोक दर्शनको आइपीओमा स्थानियले कसरी आवेदन दिने ? प्रकृया सहित

काठमाडौं । कालिञ्चोक दर्शनले १४ गतेदेखि स्थानीय बासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कतिपयलाई स्थानिय बासिन्दालाई आईपीओमा कसरी आवेदन दिने भन्ने विषयमा जानकारी नहुन सक्छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ।स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय तथा मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
नबिल इन्भेष्टमेन्टले स्थानियबासिको लागि अनलाइन आवेदन दिनसक्ने पनि व्यवस्था गरेको छ।
कालिञ्चोक केबलकारको अनलाइन आवेदन गर्न सबैभन्दा सुरुमा यो लिंकमा https://localipo.nabilinvest.com.np/ जानुहोस्। नबिल इन्भेष्टमेन्टको सो लिंकमा गएपछि त्यहाँ दुई ओटा अप्सन देखिन्छ।














