मेगा बैंकको वार्षिक साधारणसभा पुस ७ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । मेगा बैंकले पुस ७ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ३।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
यस्तै, सभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँग १००ः९० सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने एजेन्डा रहेको छ
साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि मांसिर २३ गते बुक क्लो हुने बैंकले जानकारी गराएको छ । तसर्थ, मंसिर २२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।












