लाभांश प्रस्तावसहित नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।
बैंकको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै बैंकको अधिकृत पुँजी १८ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ५० अर्ब पुर्याउने विशेष प्रस्ताव रहेको छ । यसका अलावा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि सम्पूर्ण प्रस्तावहरु सो सभाले पारित गर्नेछ ।
त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।












