नबिल बैंकबाट बाहिरिदै बंगलादेश, एक करोड ७७ लाख कित्ता शेयर बिक्री गर्दै

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआइसी बैंक) बंगलादेशको नाममा रहेको एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरबारमार्ग काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा दरखास्त दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको थियो । दुई बैंकबीचको मर्जर प्रक्रियामा सुरुवातदेखि नै विभिन्न खालका विवादहरु आएका थिए । मर्जपछि एकीकृत कारोबार सुरु भएको केही महिनामा नै बंगलादेश बैंकको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि नबिल बैंकमा निवेदन पेश गरेको हो ।












