सामलिङ पावरको शेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन

२३ मंसिर २०७९, शुक्रबार १४:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ ।

कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई गत आव २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी नेप्सेमा मंसिर २१ गते दिउँसो ३ः४२ बजे मात्रै जानकारी गराएकोले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको हो ।

साथै नेप्सेले कम्पनीले के कति कारणबाट नेप्सेमा समयमा नै जानकारी नदिइएको हो, यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*