भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने

२४ मंसिर २०७९, शनिबार १७:२८

काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७।५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र जारी पुँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि०को सार्वजनिक निष्कासन गर्ने भएको हो। यो आईपीओको निष्काशनकर्ता तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।

स्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोहीअनुसार अघि बढिरहेको यो कम्पनीले आईएसओ ९००१ः२०१५ प्रमाणपत्रसमेत प्राप्त गरेको छ।

यो कम्पनीले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने ९पानी, वायु, सौर्य ऊर्जा, बायो ग्यासजस्ता वैकल्पिक ऊर्जा स्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरुमार्फत० र ऊर्जा सम्बन्धित परियोजनाहरु आफैँ निर्माण गर्ने गर्दछ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गापा–१ मा नुप्चे लिखु जलविद्युत आयोजना ९५७।५ मेगावाट० निर्माण गरिरहेको छ। आयोजनाको कुल हेड १००३।५० मिटर र डिजाइन डिस्चार्ज ७।११ एम३रसेकेन्ड रहेको छ। उच्च हेड भएर यो अवस्थासम्म निर्माण भइरहेको नेपालको यो पहिलो आयोजना हो।

विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता ९पीपीए०, वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० गरिसकेको छ। सरकारी स्वामित्व रहेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न दृढतापूर्वक अगाडि बढिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*