लाभांश प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
२५ मंसिर २०७९, आईतवार १०:२६

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा ११ बजे बस्नेगरी सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












