माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
२५ मंसिर २०७९, आईतवार ११:५५

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गर्ने भएसँगै भोलि (मंसिर २६ं गते)सम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावि लाभांश पारितका लागि कम्पनीले पुष ८ गते अम्रपाली ब्याङ्क्वेट क्याटरिङ एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।












