नेपाल ल्यूब आयलको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले ५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले आफ्नो असोज २८ गते सम्पन्न ३१औं वार्षिक साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
हालसम्म पनि शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुले आफुले डिम्याट खाता खोलको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण गरि सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराई लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै असोज १३ गते बुकक्लोज भएको अघिल्लो दिनसम्म धितो राखेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपश्चात मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।












