अपर हेलाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश

२६ मंसिर २०७९, सोमबार १०:१४

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २१ गते बस्ने निर्णय गरेको हो ।

संचालक समितिको बैठकको निर्णयअनुसार सभा युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ । यसका अलावा सभामा आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापकबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना गरी ६ जना संचालक निर्वाचित गर्ने, स्वतन्त्र संचालकको नियुक्तिको अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*