नेपाल ल्यूब आयलको नगद लाभांश वितरण सुरु

२६ मंसिर २०७९, सोमबार १५:४३

काठमाडौं । नेपाल ल्यूब आयलको नगद लाभांश वितरण भएको छ । असोजको तेस्रो सातामा बसेको वार्षिक साधारण सभाबाट पारित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिएको हो ।

असोज १३ गतेसम्म हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको हकमा सम्बन्धित सेयरधनीको बैंक खातामा नगद जम्मा भइसकेको र उक्त मितिपछि बैक खाता अद्यावधिक गराएका सेयरधनीको नगद लाभांश पनि क्रमशः जम्मा गरिँदै जाने कम्पनीले जानकारी दिएको छ ।

असोज २८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव अनुमोदन गरेको थियो । असोज १३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*