शुभम पावरले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि पुष ६ गतेदेखि आइपीओ निष्काशन गर्ने

२७ मंसिर २०७९, मंगलवार १२:३६

काठमाण्डौ । शुभम पावर लिमिटेडले आउँदो पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ५८ लाख ५ हजार ८०० रुपैयाँबराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गर्नेछ।

वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओ निष्कासन बन्द पुस २० गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*