लगातार दुई दिन नबिल बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
२७ मंसिर २०७९, मंगलवार १५:११

काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १८९९।७० को विन्दुमा कायम भएको छ। नबिल बैंकले लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर कारोबारमा उछाल आएको छ।
कम्पनीको आज दोस्रो बजारमा ७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो दिन पनि आज नबिलको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, नेपाल टेलिकम, समिट लघुवित्त, नेपाल बैंक र अपर तामाकोशीको शेयरको सर्वाधिक कारोबार भएको छ।













