नेप्सेमा तीन कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कुनको कति ?

२७ मंसिर २०७९, मंगलवार १५:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

श्रृजनशील लघुवित्तको आइपीओ आज ‘एसएचएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो । लघुवित्तको १०० रुपैयाँ अंकित दरका कुल १० लाख ९३ हजार ७५० कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २५९ रुपैयाँ ५९ रुपैयाँ रहेको छ । कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज २५९ रुपैयाँ ५९ पैसादेखि अधिकतम ७७८ रुपैयाँ ७७ पैसा पाउने देखिएको छ ।

त्यस्तै, पिपुल्स हाइड्रोपावरको आइपीओ आज ‘पीएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १०२ रुपैयाँदेखि ३०६ रुपैयाँ सम्म पाउने देखिएको छ ।

त्यस्तै, इष्टर्न हाइड्रोपावरको आइपीओ ‘इएचपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ६२ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले ७२ रुपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रुपैयाँ ९९ पैसा पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*