यी हुन् आज नेपाल टेलिकमसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२८ मंसिर २०७९, बुधबार १५:०४

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ ।
शेयरबजार घटेसँगै आज जम्मा ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेलिकमको ५ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, कृषि विकास बैंकको ४ करोड ८८ लाख, नबिल बैंकको ४ करोड २२ लाख, रिडी हाइड्रोपावरको २ करोड ५२ लाख र रसुवागढी हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













