नेप्सेमा थप ९५ लाख ३५ हजार कित्ता शेयर सूचीकृत

२८ मंसिर २०७९, बुधबार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । राधी विद्युत कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सूचीकृत भएको हो ।

कम्पनीले सो प्रतिशत दरका कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*