युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा पुष २२ गते सिद्धार्थ कटेज, ललितपुुर–३, धोबिघाटमा बिहान ११ बजे भर्चुअलमार्फत बस्ने निर्णय गरेको हो ।
सभाले आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली हुनेछ ।












