चन्द्रागिरी हिल्सले लाभांश नबाँड्ने, डाक्यो साधारण सभा

२९ मंसिर २०७९, बिहीबार ११:०६

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं वार्षिक साधारण सभा पुष २१ गते बस्ने निर्णय गरेको छ । कम्पनीका अनुसार सभा पुष २१ गते कम्पनकिो परियोजना कार्यालय थानकोट परिसरमा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक २०७८।७९ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १२ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष ११ गतेसम्म कायम शेयरधनीहरु मात्रै समाभामा उपस्थित हुन पाउनेछन् ।

कम्पनीले साधारण सभामार्फत पारित गर्ने प्रस्तावमा लाभांश प्रस्ताव समावेश गरेको छैन । यसअनुसार यसपटक कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*