बैंकको ब्याजदर नघट्दा शेयरबजार प्रभावित, १४ अंकले घट्यो नेप्से
२९ मंसिर २०७९, बिहीबार १५:२१

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरमा मंसिर महिनाकै ब्याजदर कायम राखेकोले पनि आज शेयरबजार घट्न पुगेको हो ।
बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका लगानीकर्ताहरु चर्को ब्याजदर अझै केही समय नघट्ने देखिएकोले शेयरबजार प्रभावित बन्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













