नेप्सेद्धारा सामलिङ पावरको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको मंसिर २९ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिदिएको हो ।
सामलिङ पावरले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई २०७८।७९ को लागि कुनै पनि लाभांश नदिने प्रस्ताव गरेको जानकारी मंसिर २१ गते कारोबार समय पश्चात जानकारी गराएकोले नेप्सेले सो कम्पनीको शेयर रोक्का राखेको थियो ।
कम्पनीको मंसिर २७ गतेको पत्रानुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै पनि दराशय नभएको र सदाशयमा कार्य गर्दा गर्दै प्राविधिक रुपमा माविय त्रुटिले फरक अवस्था सिर्जना हुन गएको मात्रै हो र अब उप्रान्त सम्पूर्ण शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिबद्धता व्यक्त गरेकोले आगामी दिनमा यस्तो त्रुटी नदोहोर्यान सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरिदिएको हो ।












