मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा
१ पुष २०७९, शुक्रबार ११:३८

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।












