बाराही हाइड्रोपावर कम्पनीको आइपीओको बाँडफाँडको मिति तय, साढे ११ लाखको हात खाली

१ पुष २०७९, शुक्रबार १८:२९

काठमाडौं ।  बाराही हाइड्रोपावर कम्पनीको आइपीओ आगामी साता बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटका अनुसार आइतबार पुस ३ गते बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरिएको छ । यता, बाराही हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २६।९२ गुणा बढी आवेदन परेको छ ।

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । सर्वसाधाणलाई छुट्याइएको ५ लाख १५ हजार २२० कित्ता सेयरका आधारमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । बाँकी ११ लाख ६४ हजार ६३१ जना आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५५ अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

रेटिङ इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । इक्र नेपालले २०७८ फागुन १३ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०७९ फागुन १२ गतेसम्म बाहल रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*