बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)ले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले पुस २७ गते साधारण सभा आह्वान गरेको छ । यी दुबै कम्पनीले होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा साधारण सभा बोलाएका हुन् ।
बोटलर्स नेपाल (तराई) को छत्तीसौँ वार्षिक साधारण सभा बिहान १० बजे शुरु हुनेछ भने बोटलर्स नेपालको दिउँसो ३ बजे शुरु हुनेछ ।
बोटलर्स नेपाल (तराई)को साधारण सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने बोटलर्स नेपालले प्रतिशेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












