दुइ कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
३ पुष २०७९, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २७।५४ अंकले घटेर १८५५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसँगै रुरु जलविद्युत र पिपल्स हाइड्रोपावरको शेयर मुल्यमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, माहालक्ष्मी विकास बैंकको ७।३१, मञ्जुु श्री फाइनान्सको ७।१३ र सिटिजन म्यच्युअल फण्डको शेयर मूल्य ६ प्रतिशतले घटेको छ ।













