अपर तामाकोशी हाइड्रोपावरले कति पायो रेटिङ ?
४ पुष २०७९, सोमबार १०:५६

काठमाण्डौ । इक्रा नेपालले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई इक्राएनपी–आईआर बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।












