शेयर निष्काशन प्रस्ताव सहित त्रिशुली जलविद्युत कम्पनीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

४ पुष २०७९, सोमबार १२:५५

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा गरेको छ । कम्पनीले पुस २६ गते आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो ।

उक्त सभाबाट कम्पनीले संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षले आर्थिब वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात र आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु सहित आर्थिक वर्ष २०७८।७९ को आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने भएको छ । सभामा कम्पनीको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पेश हुने भएको छ ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (घ) मा व्यवस्था भए बमोजिम जारी पूंजी २ अर्ब ४७ करोड रुपैयाँ मध्येबाट आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय तहहरुलाई ५% अर्थात् १२,३५,००० कित्ता शेयर, आयोजना प्रभाबित क्षेत्र नुवाकोट तथा रसुवाका स्थानीय बासिन्दाहरुलाई १०% अर्थात् १२,३५,००० कित्ता शेयर, जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुले संस्थापना गरेका कम्पनीहरुलाई ५% अर्थात् २४,७०,००० कित्ता शेयर लगायतका प्रस्ताव रहेका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*