इमर्जिङ्ग नेपालद्धारा साधारण सभा आह्वान, यस्ता छन प्रस्ताव

५ पुष २०७९, मंगलवार १६:४३

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पौस ३ गतेका दिन बसेको बैठकले पौस २८ गतेका दिन बानेश्वर ब्याङ्क्वेट थापागाँउ, नयाँ बानेश्वर काठमाडौंमा बस्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८।७९को लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसाँन्तको वासलातको विवरण पेश गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, माहालेखा परिक्षकको नियुक्ति गर्ने र उसको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र
सर्बसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले पौस १३  गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*