लाभांस प्रस्तावसहित राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारणले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २८ गते बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कर प्रयोजनको लागि चुक्ता पुँजीको ० दशमलव ७५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने प्रस्ताव रहेका छन् ।
कम्पनीले चुक्ता पुँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर जारी गने लगायत कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव रहेका छन् ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १ गते बुकक्लोजको मिति तोकेको छ ।













