दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुष ६) अन्तिम दिन रहेको छ । सोल्टी होटल र पाँचथर पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुवै कम्पनीले पुष ७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
पाँचथर पावरले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी, सोल्टी होटलले पुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे ४८ औँ वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको २१.३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।












