नेप्सेद्धारा सोल्टी होटलको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

६ पुष २०७९, बुधबार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोल्टी होटल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य २२६ रुपैयाँका आधारमा नेप्सेले ५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २१५ रुपैयाँ २४ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार ख्ुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*