१५% लाभांश प्रस्तावसहित कालिका पावर कम्पनीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

७ पुष २०७९, बिहीबार १२:०३

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा यहि पुष २९ गते कम्पनीको रजिष्टार्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफ गरी पारित गर्ने, सोही आवको वित्तीय विवरण छलफ गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डाहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ यहि पुष १७ गते एकदिन बुकक्जोको मिति तोकेको छ ।यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*