अप्पर सोलु हाइड्रोले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८९ गते लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै चालु आर्थिक वर्ष २०७९।.८० को लागि लेखापरिक्षक नियुक्त गर्ने, सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने एकजना संचालक निर्वाचन गर्ने र स्वतन्त्र संचालक निर्वाचन गर्ने एजेण्डा रहेको छ ।
कम्पनीले पुष १४ गते एकदिन बुकक्लोजको मिति तोकेको छ ।यसर्थ पुष १३ गतेसम्म कायम शेयधरनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।












