नेप्सेद्धारा दुई कम्पनीको शेयर कारोबार रोक्का

७ पुष २०७९, बिहीबार १४:५८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्सको शेयर कारोबार रोक्का राखेको हो ।

यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणा पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । साथै नेप्सेले यी दुवै कम्पनीलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*