शेयरबजारमा झिनो अंकको गिरावट, लाभांश घोषणाले कारोबार सवा एक अर्बमाथि

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ०.०१ अंकले घटेर १८६७ विन्दुमा कायम भएको छ ।
पुष महिनामा बैकिङ्ग क्षेत्रमा तरलता अभावको सिर्जना हुन सक्ने विषयले पछिल्लो केही समययता शेयरबजार प्रभावित बन्दै गइररहेको छ । पुष महिना सुरु भएसँगै दुई दिन बाहेक सबै दिनमा शेयरबजारमा गिरावट आएको छ ।
आज नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो केही दिनयता शेयरबजारमा कारोबार करोडमा झर्दा आजको कारोबार भने अर्बमाथि उक्लिएको हो ।
गत आर्थिक वर्ष २०७८।७९ को मुनाफबाट नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दापनि लगानीकर्ताहरुमा शेयरबजारप्रति खासै मोह देखिएको छैन । आज नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश घोषणा गरेसँगै कम्पनीको १४ करोडमाथिको कारोबार भएको छ । यसले गर्दापनि आजको कारोबार केही हदसम्म माथि उक्लिएको हो ।












