माया खोला हाइड्रोपावर कम्पनीको  आइपीओमा आवेदन दिने म्याद थप

८ पुष २०७९, शुक्रबार ०७:४४

माया खोला हाइड्रोपावर कम्पनीको  आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभावासीका लागि मंसिर २३ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद पुस २४ गतेसम्म थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवि नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का वासिन्दालाई ६ लाख कित्ता छुट्याइएको छ । बाँकी ४ लाख कित्तामा चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेख गरिएका बाहेकका वडाका बासिन्दाले आवेदन दिन पाउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*