नेप्सेद्धारा नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

१० पुष २०७९, आईतवार १०:११

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ३१७ रुपैयाँ २० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३०२ रुपैयाँ १० पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा सोमबार कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*